‘प्रसाद’को सहयोगार्थ च्यारिटी

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘प्रसाद’ को नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ च्यारिटी सो गरिएको छ । निःसन्तान दाम्पतीको जीवनमा आउने उचारचढाव समेटिएको चलचित्रको बिहीवार च्यारिटी गरिएको हो । संघकी कोषाध्यक्ष विमला केसीको संयोजकत्वमा भएको च्यारिटीबाट संकलित रकम संघको कोषमा नै राखिने र कलाकारहरुको हक–हितका लागि खर्चिने बताइएको छ । रेजिना उप्रेती, शिव श्रेष्ठ, कृष्ण मल्ल, पवित्रा आचार्य, खुश्बु खड्का, सुनिल कटुवाल, चेत बहादुर सिंह, गजित विस्ट, बसुन्धारा भुषाललगायतका कलाकारहरु चलचित्रको च्यारिटीमा उपस्थित भएका थिए ।

चलचित्रका निर्देशक दिनेश राउत , लेखक शुशील पौडेल र निर्माता सुवास थापा पनि च्यारिटी सोमा उपस्थित थिए । चलचित्र हेरेपछि अधिकांशले निर्देशकको निर्देशकीय पक्ष, कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निर्देशक राउतले कलाकारबाट पाएको प्रतिक्रियाबाट अत्यन्त खुसी भएको बताए ।