फेरी पनि उधुम मच्चायो ढाडे बिरालोको टोलीले युएईमा (तस्बिर सहित)

...

prakash katuwal in uae
कात्तिक २१, काठमाडौं ।  
युएईको अलएनमा हिजो (शुक्रबार) भएको कार्यक्रममा नेपालबाट गएको कलाकारको टिमले उधुम मच्चाएको छ । नेपालबाट आफ्नो प्रस्तुती देखाउनकालागि गएका गायक प्रकाश कटुवाल, गायिका सान्ति श्री परियार र हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) को टिमले कार्यक्रममा निकै रमाईलो बनाएका थिए ।

दिउँसो १ बजेबाट शुरु भएको कार्यक्रममा अन्तिम प्रस्तुती दिन पुगेका गायक प्रकाश कटुवालले शुरुवातमा आफ्ना ‘यो रक्सीको गन्द’, ‘चोर बिरालो’, ‘आफु मात्रै रित्तो’ जस्ता चर्चित गितहरु गाएका थिए । यि गितहरु गाउँदा दर्शकहरु मज्जैले नाचेका थिए जब प्रकाशले आफ्नो प्रस्तुती दिने पालोको अन्तिममा भर्खरैमात्र निकै चर्चामा आएको गित ढाडे बिरालो गाउन थाले दर्शकले मन थाम्न सकेनन् र यथास्थानमै उठेर नाच्न र चिच्याउँदै रमाईलो गर्न थाले । प्रकाशले पुरै गित एक पटक गाएर सकेपछि पनी दर्शकको पुनः मागका कारण दोसा्रो पटक पनि गाए । यसै सालको गएको तिजमा विवाद र निकै चर्चामा रहेको ढाडे बिरालो गित पछि गायक कटुवाल अझ ब्यस्त देखिएका छन् । यसैक्रममा ढाडे बिरालो त बिवादमा आएको गित हो नि, दर्शकले मन पराएका छन् र ? भन्ने आर्टिस्ट खबरको प्रश्नमा यसरी उत्तर दिन्छन्, हुनत जुनसुकै काम गर्दा पनि राम्रो या नराम्रो दुबै कुराको कमेन्ट आउने गर्छ तर यहाँ नराम्रो भन्दा पनि बढि राम्रो काम गर्नेको खुट्टा तान्नी प्रविधि छ त्यसै कारणले यो गीत दर्शक भन्दा पनि मेरै भलो नचाहने मेरै कलाकार साथिहरुले बिरोध गरेको पाएको छु सबै ठाउमा मेरा सबै दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छु र यो गीत जुन सुकै ठाउमा मलाई न गाए सम्म मलाई स्टेज बाट बाहिरिन दिनु हुन्न त्यसकारण सबै दर्शक ले मन पराएको पाइन्छ । प्रकाश गएको केहि साता अघि मात्र कुबेतको एक साँस्कृतिक कार्यक्रममा पनि ढाडे बिरालो गाउँदा दर्शकले उत्तिकै मात्रामा मनोरञ्जन लिएका थिए ।

prakash katuwal 3त्यसैक्रममा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)ले पनि कार्यक्रममा निकै रमाइलो बनाएका थिए । जब बल्छि धुर्बे मेरी बास्सैमा देखिने बल्छि कै गेटअपमा स्टेजमा उत्रिए दर्शकमा होहल्ला र हाँसो को बर्सा देखियो । नेपालको पछिल्लो समयको अवस्थालाई ब्यंग्यात्मक र सन्देशमुलक गरिकाले आफ्नो प्रस्तुती दिएका थिए । उनले नेपालमा भएको ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव लगायतमा व्यंग्य गरेका थिए ।

prakash katuwal 2साथै गायिका सान्ती श्री परियारले पनि आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई नचाएकी थिइन् । पछिल्लो समय चर्चामा रहेको ‘सातो फुक धाक्रि बा’ प्रस्तुत गर्दा दर्शकहरु निकै नै रमाईरहेको पाइन्थ्यो ।त्यस्तै कार्यक्रममा अस्ट्रेलिया बाट आएकी पप गायिका स्‍मृति पोखरेलले पनि आफ्नो प्रस्तुतीले दर्शक नचाएकी छिइन् । कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो  ।

कात्तिक १८ गते काठमाडौंबाट उडेको कलाकारको टोली भोली (आईतबार) स्वदेश फर्कने छन् ।

marich man shrestha