आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

केहि समयअघि देखी नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने हल्ला चलिरहँदा धुर्मुस सुन्तली फाउण्डेसनले यो कामको थालनी गर्ने भएको छ । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको पहलमा चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नाममा अन्तर्राष्ट्रियस्तरकै रंगशाला निर्माण हुने भएको हो । आजै (बुधबार) केहिबेरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भब्य कार्यक्रमका बिच घोषणा हुँदैछ ।

यस्तो हुनेछ रंगशाला

धुर्मुस सुन्तली फाउण्डेशनले सार्वजनिक गरेको स्केच तस्बिरमा रंगशाला यस्तो देखाइएको छ । अन्तर्राष्ट्रियस्तरमा रहेका अन्य रंगशाला जस्तै सबै मापदण्ड पुरा हुनेछ । रंगशालामा प्रवेशद्धार, दर्शक सिट क्षमता पनि अन्तर्राष्ट्रियस्तरकै बनाइनेछ । रंगाशालाको वरिपरी प्रयाप्त मात्रामा सवारी पार्किंगको पनि ब्यस्था हुनेछ । साथै रंगाशालाको आसपासमा हरियाली गार्डेन रहनेछ । बाँकी फाउण्डेशनले पछि खुलाउने बताएको छ ।

कहाँ र कति क्षेत्रफलमा बन्दैछ ?

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका १५मा निर्माण हुनेछ। भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो ।

केहिबेरमा घोषणा हुँदै

आज दिँउसो १ः३० बजे राजधानीको प्रज्ञाभवनमा आयोजना हुने घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले धुर्मुस सुन्तलीको अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नेछन् ।

चार महिनामा रंगशालाको डीपीआर तयार हुने बताइएको छ । त्यसपछि शिलान्यास हुने र २ वर्षभित्र नेपालले पहिलो आधुनिक क्रिकेट रंगशाला चितवनमा पाउनेछ । रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले आर्टिष्ट खबरलाई जानकारी दिएका छन् ।

video Report:

१६ माघ २०७५, बुधबार ०८:५९