<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर युट्युव मार्फत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिएका छन् । ट्रेलर युट्युवमा सार्वजनिक गरिएको १ घण्टामै १ लाख बढी म्युज पाएर नयाँ रेकर्ड राखेको छ । यस्तो अवसर सबै चलचित्रका ट्रेलरले पाउँदैनन् । </p><p style="text-align: justify; ">दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । पटकथा भने सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । चलचित्र आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । </p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/9gx7SLAP918" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>







१८ माघ २०७५, शुक्रबार ११:२८ 








