‘पुरानो बुलेट’को तीन पोष्टरमा अनुपको यस्तो लुक्स

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्म पुरानो बुलेटले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ । राई लामो समयको पत्रकारितापछि फिल्म निर्देशनमा होमिएका हुन् । फिल्मको मंगलबार तीन पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा बुलेटमा अनुप फिचर छन् ।

सार्वजनिक पोस्टरबाट फिल्म भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेको भान हुन्छ । पछिल्लो क्रममा रिलिज हरेकजसो फिल्ममा एकपछि अर्को गर्दै फरक अबतारमा प्रस्तुत हुँदै आएका अनुपले ुपुरानो बुलेटुको प्रस्तुती हालसम्म गरेका सबैजसो फिल्मको भन्दा भिन्न रहेको बताउँछन् । स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुवाती फेजको खलपात्रको लोकप्रियतालाई बिस्तारै हिरोइज्ममा (भिलेन टर्न हिरो) टर्न गर्दै अघि बढेका छन् ।

'पुरानो बुलेट' को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ । फिल्ममा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

फिल्म पुरानो बुलेटुमा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायाँकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फेमिली ड्रामा बोल्ने फिल्मले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ । चलचित्रको प्रर्दशन मिति चैत १ गतेलाई तोकिएको छ ।