मुखैले काग कराएर रत्नपार्कमा कागै काग बनाईदिए रमेश दुलालले (तस्बिर सहित)

...

ramesh dulal kag dadaकात्तिक २३, काठमाडौं ।  बिगत लामो समय देखी काग तिहारको दिन काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले १२ औं काग सम्मेलन सम्पन्न गरेका छन् । १ सय ७३ वटा आवाज निकाल्न सक्ने फरक शैलीका कलाकार रमेश दुलालले आफ्नो मुखबाट काग कराएर काठमाडौंको रत्नपार्क (शान्ति बाटिका)मा कागै काग बनाएका हुन् ।

आज कात्तिक २३ अर्थात काग तिहारको दिन राष्ट्रिय संगीतकर्मिको संघको आयोजनामा भएको काग सम्मेलन कार्यक्रममा बिहान ७ः३० बजे कलाकार दुलालले करिब तिनसय हाराहारीमा काग जम्मा पारिदिएका थिए । शान्तिबाटिका गेटमा भएको अनौपचारिक कार्यक्रममा सयौंको संख्यामा सर्वसाधारणको घुँइचो देख्न सकिन्थ्यो । दुलालले बर्षैपिच्छे काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।
ramesh dulal kag dadaजब मुखबाट कागको आवाज निकालेर माथि माथि हेर्न थाले तब कागहरु वरीपरी घेरिएका थिए । उनले कागको अवाज निकालेको मिनेटभर मै सयौंको संख्यामा काग घेरिएका थिए । साथै कार्यक्रममा कलाकार दुलालले बोल्दै भारतको अघोषित नाकाबन्दी अघोषित तरिकाले नै नखुलाएमा भारतीय दुतावासमा कागै कागले घेरिदिने चेतावनी समेत दिए । “गतबर्ष पनि मैले यदि संबिधान बनेन भने कागले संबिधानसभा भवन घेर्ने भनेको थिएँ खुसीको कुरा भन्नुपर्छ संबिधान बनेको छ र अहिले नेपालमा भारतले अघोषित नाकाबन्दी गरेर नेपाली जनताले हैरानी खेप्नु परेको र यदि यो तुरुन्तै नखुलेमा भारतीय दुताबास कागले घेर्ने छु”, उनले भने । कार्यक्रममा बिभिन्न संस्थाका महिलाहरुले काग तिहार भन्दै काग कलाकार भन्दै काग पुजा गर्दै कलाकार रमेश दुलाललाई माला लगाईदिएका थिए ।
ramesh dulal kag dadaमुख बाटै बिभिन्न चराचुरुंगी, जनावर तथा बाजाको आवाज निकालेर चकित बनाईदिने दुलाले गिनिज बुक अफ दि वर्डमा नाम लेखाउने तयारीमा पनि छन् ।
ramesh dulal kag sammelan 1ramesh dulal kag dada
ramesh dulal - 173 different voice maker