‘भगवानले नै हामीलाई एक होस् भन्ने चाहेनन्’ : नेहा कक्कड

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी ।</span></pre><p style="text-align: justify; ">हाल बलिउडकी चर्चित गायिका नेहा कक्कडले भारतीय मिडियामा राम्रै स्थान पाइरहेकी छिन् । पछिल्लो समय अभिनेता हिमांश कोहलीसँग ब्रेकअफ भएपछि उनको सम्बन्धलाई लिएर मिडियाले धेरै चर्चा चलाएको थियो ।ब्रेकअपले आफु क्षुब्ध रहेको यसअघि बताएकी नेहाले ट्वीटर मार्फत् मिडियालाई सम्बोधन गर्दै यो अध्यायलाई बन्द गर्न आग्रह गरेकी छिन् । उनले ट्वीटमा लेखेकी छिन्, ‘न हाम्रो सम्बन्ध कुरुप थियो न त हाम्रो ब्रेकअप नै । कृपया यसको लागि कसैलाई दोष नदिउ । मलाई लाग्छ यसमा कसैको गल्ती छैन, भगवानले नै हामीलाई एक होस् भन्ने चाहेनन् । सबैजनालाई यो अध्याय बन्द गर्नको लागि आग्रह गर्छु । ’</p><p style="text-align: justify; ">यसअघि नेहाले ब्रेकअपपछि आफ्नो प्रेमी हिमांशलाई सम्पूर्ण दोष थुपारेकी थिइन् । उनिसँग सम्बन्धमा रहेको कारण उनले आफ्नो मित्र तथा परिवारलाई समय दिन नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । उनलाई त्यत्तिको समय दिंदा पनि समय नदिएको भन्ने आरोप लगाएको भन्दै हिमांशको खेदो खनेकि थिइन् ।&nbsp;यसको सट्टा बरु आफु एक्लै हुदाँ खुशी भएको बताएकी थिइन् ।&nbsp;</p>