यस्तो बन्यो प्रियंका र आयुष्मानको ‘प्रेमदिवस’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमदिवस’को पोष्टर सार्वजनिक गरिएको छ । बिहीबार प्रेमदिवसकै दिन पारेको चलचित्रको दुई पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रमा मुख्य दुई पात्र नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रेम देखिन्छ भने अर्को पोष्टरमा प्रियंका आयुष्मान र बिशाल खरेल दुबैको काखमा देखिएकी छिन्  । पोष्टरबाट अनुमान लगाउने हो भने प्रियंका यो चलचित्रमा दुई पात्रको प्रेममा छिन् ।  योगश न्यौपाने निर्देशीत यो चलचित्रमा सञ्जय न्यौपानेको लगानी छ ।

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रा. ली.को ब्यानरमा निर्माण भएको यो चलचित्र मा प्रियंका, आयुष्मान र विशालसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतको अभिनय रहेको छ । मानकृष्ण महर्जनले खिचेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । चलचित्रमा द्धन्द्व  रोशन श्रेष्ठको छ भने चलचित्रको सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको सहनिर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।