गोपालको सहयोगार्थ कर्णदास सांगितीक साँझ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक कर्ण दासले पूर्व राष्ट्रिय फुटवल खेलाडी गोपाल श्रेष्ठलाई सघाउनका लागी साँगितीक साँझ गरेका छन् । २५ वर्षदेखि एचआईभी संक्रमित भएर पनि विभिन्न शिखर आरोहण गर्दै आएका खेलाडी श्रेष्ठको सर्वोच्च शिखर सगरमाथा आरोहणलाई सघाउन राजधानीमा कर्णदास सांगितीक साँझको आयोजना गरियो । जसमा कर्ण दासले दुईघण्टा बढी समयसम्म आफ्नो लोकप्रिय गीत गाएर उपस्थित दर्शकलाई सुनाएका थिए ।

लायन्स क्लब अफ काठमाडौं टेम्पलले राजधानीको लाजिम्पाट उत्तरढोकास्थित म्युज रेष्ट्रो वारमा आयोजना गरेको कार्यक्रमबाट उठेको रकम खर्च कटौती गरी  बाँकी हुन आएको रकम हाललाई २ लाख रुपिया गोपाललई हस्तानरण गरिएको आयोजकले जानकारी गरायो । आयोजक टेम्पलबाहेक कार्यक्रममा सहभागी विभिन्न व्यक्तिले १ लाख रुपिया भन्दा बढी सहयोग गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका तर्पmबाट शारिरीक अपांगता भएका पोखराका २ पिडितका लागि ह्वीलचियर पनि हस्तानतरण गरिएको थियो ।

आयोजक संस्थाका एरिया लिडर बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब अफ काठमाडौं टेम्पलका पास्ट प्रेसिडेन्ट अरुणकुमार श्रेष्ठले लायन्स क्लबको सामाजिक उत्तरदायित्व र लायन्सले गर्दै आएको सामाजिक कार्यबारे चर्चा गरेका थिए । गोपाल श्रेष्ठले आप्mनो सगरमाथा आरोहण विश्वकै लागि नयाँ कुरा हुने विश्वास व्यक्त गरे । उनको सगरमाथा आरोहणका लागि ४३ लाख रुपियाँ खर्च हुने बताइएको छ ।

कार्यक्रममा गायिका सुनिता गुरुङले पनि गीत प्रस्तुत गरेकी थिइन् भने मनाङ गुरुङको कोरियोग्राफीमा कौरा नृत्य प्रस्तुत गरिएको थियो । कर्णदासले ‘ठुला ठुला महल होइन, जिन्दगीको के भरोसा, भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, पूरानो डुंगा, एउटै थियो मुटु, अनौठो व्यथा भएछ मेरो प्रेम कहानी, मनमनै मन पराईसकेछु’ लगायतका विभिन्न गीत गाएर सुनाएका थिए ।