४० स्कुलका बिद्यार्थीले देखाए नाटक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सव सम्पन्न भएको छ । देशभरिका ४० वटा विद्यालयबाट ४९ जना बालकलाकारहरु सहभागी भएर तीनदिनसम्म अभिनय गरेको यस नाटक महोत्सवमा पाँच उत्कृष्ट कलाकारको पनि छनोट गरियो ।

क्रियटिभ स्कुलकी विदिसा महर्जन, एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई, पायोनियर पब्लिक स्कुलकी दिपिका ढुँगाना, जुगल ई. स्कुलकी स्मेरा विष्ट, लिटिल एन्जल्स स्कुलकी आयुष्मा पौडेल उत्कृष्ट घोषणा भए । यि उष्कृट पाँचलाई श्रीलंकामा एक दिने महोत्सव आयोजना गरेर मञ्चन गरिने योजना रहेको महोत्सव निर्देशक टंक चौलागाँईले जानकारी दिए ।

पुरस्कृत बालकलाकारहरुलाई निर्णायक मध्येका प्रमुख हरिहर शर्माले नगद चार हजार, मायाँको चिनो र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । साथै सहभागी सम्पुर्ण बालकलाकारलाई मायाँको चिनो, प्रमाण पत्र र सहभागी विद्यालयहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।

काठमान्डौ प्रज्ञा कुञ्ज स्कुलले अयोजना गरेको यो महोत्सव राजधानीको शिल्पी थिएटरमा भएको थियो ।  अभि सुवेदीले उद्घाटन गरी सुरु भएको महोत्सवमा काठमान्डौ प्रज्ञा कुञ्ज स्कुलकी त्रिसा भट्टले अप्रतियोगी नाटक देखाएकी थिईन् । एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराईले अभिनय गरेको मेरी मुसी नाटकमा आफ्नी बहिनी बलात्कार भएको घटना समेटिएको थियो ।