‘क्याप्टेन’ले सबै रेकर्ड तोड्छः अनमोल केसी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

युवास्टार अनमोल केसीले आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने आफू अभिनित चलचित्र ‘क्याप्टेन’ले आफ्नो यसअघिका सबै चलचित्रको रेकर्ड तोड्ने बताएका छन् । उनले चलचित्रको ट्रेलर तथा गीत सार्वजनिक भइसकेपछि दर्शकको चलचित्रप्रतिको इच्छा तथा प्रतिक्रियाका आधारमा चलचित्रको आम्दानी तथा अन्य धेरै रेकर्ड तोडिने बताएका हुन् ।

‘मैले अन्य चलचित्र त भन्दिन तर मैले काम गरेका अहिलेसम्मका अन्य चलचित्रको आधारमा क्याप्टेनले रेकर्ड तोड्छ ।’ अनमोललेसँग कुरागर्दै भने । यस्तै उनले क्याप्टेन कुनै निश्चित वर्गका दर्शकलाई नभई सबैले हेर्नेपर्ने चलचित्र भएको बताए । ‘यो भन्दा अघि कतिपय लभ स्टोरी चलचित्रमा युवावर्गलाई बढी लक्षित गरिन्थ्यो तर क्याप्टेन फुटबल खेलसँग सम्बन्धित छ त्यसैले हाम्रो देशसँग जोडिएको कुरा हो, सबैले हेर्नैपर्ने चलचित्र बनेको छ’ अनमोलले थपे । यस्तै उनले चलचित्र फुटबलको बिषयमा बनेको रहेछ फुटबल खेलमा रुचि राख्ने दर्शकमात्र हलमा पुग्लान् कि भन्ने हाम्रो प्रश्नमा अघि भन्छन्, ‘यो कुनै फुटबल खेलाडीको डकुमेन्ट्रि बनेको होइन, यसमा लभ, रोमान्स सबै हेर्न पाउनुहुनेछ त्यसैले सबै बर्गका दर्शक हलमा पुगेर हेर्न सक्नुहुनेछ ।’

अनमोलले क्याप्टेनका लागी अहिलेसम्मका चलचित्रहरुमा भन्दा धेरै दुख गरेको पनि सुनाए । ‘मैले अहिलेसम्म फुटबल खेलेको थिएन, तीन महिना लगातार ट्रेनिङ लिएको छु, हुबहु फुटबल खेलाडी देखिनका लागी शारिरीक बनावट देखी धेरे कुरामा ध्यान दिनुपर्ने रहेछ त्यसैले मिहिनतका लागी काम गरेको छु’ अनमोलले भने ।

अनमोलसँगै दिवाकर भट्टराई निर्देशीत क्याप्टेनका निर्माता भूवन केसी हुन् । चलचित्रमा अनमोलसँगै नवनायिका प्रियंका एमभी उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ । चलचित्रमा अनमोलको फुटबल प्रशिक्षकको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । यस्तै चलचित्रमा भूवन केसी र निरुता सिंहको पनि बिशेष भूमिका रहेको छ । केहिदिन अघिमात्रै भूवन, निरुता र अनमोलको नृत्य रहेको ‘कर्लि कर्लि कपाल’बोलको गीत सार्वजनिक भइसकेको छ ।

video interview here: