भित्तामा टाँसिएको ‘बुलबुल’को पोस्टर हटाउन प्रहरीको आदेश

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गएको शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमाथि प्रहरी नजर परेको छ । प्रहरीले उक्त पोस्टरमाथी आपती जनाएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ । परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ ।

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ । चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रमा स्वस्तिमा र मुकुन सँगै उज्जवल अधिकारी, वुद्दि तामाङ, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको चलचित्रका निर्माता अविरल थापा हुन् । चलचित्र पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर निर्माण गरेका हुन् ।