‘रुमालै छ चिनो’लाई अत्याधिक दर्शक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गत शुक्रबार देखि सार्वजनिक प्रर्दशनमा आएको चलचित्र 'रुमालै छ चिनो' ले हलमा अत्याधिक दर्शक पाएको छ । चर्चित गायक रेशम थापा प्रस्तुतकर्ता रहेको यस चलचित्र दर्शकका लागि सार्वजनिक अघि प्रतिक्षित बन्दै आएको थियो । बिरताको कथा सँगसगै नेपाली रास्ट्रीयताको साथ समेटिएको यस चलचित्रलाई चन्द्र बहादुर खड्काले निर्माण गरेका हुन् । ज्योती फिल्मस प्रा.लि. को ब्यानरमा बनेको चलचित्रमा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मि भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका छन भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन र दिनेश सिंह ठकुरीको लेखन र निर्देशनरहेको छ ।

यस चलचित्रका निर्माता खड्काले रुमालै छ चिनो को प्रदर्शन पश्चात् कम्तीमा चार चलचित्र तत्काल निर्माण गर्ने घोषणा गरि सकेका छन् । शुक्रबार दिनभरी र शनिबारको पहिलो तथा दोश्रो शोहरुमा दर्शकहरुको खचाखच भिड देखेर निर्माण समूह अत्यन्त उत्साहित देखिएको छ ।