‘राजा जस्तै जीवन बिताउने सलमान खान हुन्’ : अजय देवगण

मुम्बई (एजेन्सी) ।

झण्डै एक वर्षपछि ठूलो पर्दामा ठूलो प्रोजेक्टसँग आएका अभिनेता अजय देवगण अभिनीत चलचित्र ‘टोटल धमाल’ अहिले प्रदर्शनमा छ। यसमा अनिल कपूर र माधुरी दिक्षित पनि छिन्। बक्स अफिसमा राम्रो कमाइ गरिरहेको यो चलचित्रले सकारात्मक टिप्पणी सँगसँगै दर्शकको धेरै माया पाईरहेका छ।

भर्खरै चलचित्रको प्रमोशनका क्रममा अजय देवगन, रितेश देशमुख, अनिल कपूर र निर्देशक इन्द्र कुमारलाई हिन्दी चलचित्रमा राजा जस्तै बसेका नायक भन्ने बित्तिकै कसको नाम याद आउँछ भन्ने प्रश्न गरिएको थियो। यसमा कलाकारहरुले दिएको उत्तर सुन्न लायक थियो। अनिल कपूरले आफू राजा सरह बस्ने प्रयासमा रहेको उत्तर दिए। अजय देवगण र रितेशले राजा हुनको लागि चाहिले थप गुणको व्याख्या गरे। उनीहरुले पैसाले राजाको आकार नबताउने बताए, उनीहरुले जीवन आफ्नो सर्तमा जिउनु राजा हुनु बताए। उनीहरुले आफ्नो घरमा आफू नै राजा भएको बताए।

त्यस्तैमा अजयले थपे, ‘राजा जस्तै जीवन बिताउने सलमान खान हुन्। उनी रानी बिनाका राजा हुन्। उनी जीवन आफ्नो सर्तमा जिउँछन्।’अनिल कपूरले त्यसपछि उत्तर दिए, ‘रानीसँग जीवन बिताउनु अझै धेरै सुन्दर हुन्छ।’ इन्द्र कुमार निर्देशित ‘टोटल धमाल’मा अजय देवगण, माधुरी दिक्षित नेने, अनिल कपूर, अश्राध वारसी, रितेश देशमुख, जाधज जफरी अनि सञ्जय मिश्राको मुख्य अभिनय छ। चलचित्र फ्रेब्रुअरी २२ बाट प्रदर्शनमा आएको हो।