कात्तिक २६, काठमाडौं । मोडलिङ क्षेत्रमा पछिल्लो समय नवअनुहारहरु धेरै देख्न पाईन्छ । कलाक्षेत्रमा कतिपय सौखिनले भित्रिएका छन् त कतिपय यसै क्षेत्रमा भविष्य बनाउने उद्देश्यले पनि भित्रिएका छन् । बुझेर सिकेर यो क्षेत्रमा आउनेहरुले राम्रै सफलता पाउछन् तर रहरले आउनेहरु त्यसै पलायन भएर जाने गरेका पनी छन् ।
प्रवासमै रहेर पनि मोडलिङ पेशा अंगालेकी एलिशा सिंह यतिखेर मोडलिङमा जम्नेक्रममा छिन् । घर नेपालमा भएपनि हाल पछिल्लो ६ बर्ष देखि साउथ कोरियामा बस्दै आएकि एलिशाले २ दर्जन म्युजीक भिडियोमा अभिनय गरीसकेकी छिन् । कोरियाको ब्यस्त समयका बाबजुदपनि मोडलिङमा समय दिएर अगाडि बढ्नेक्रममै छिन् । एलिशाले चर्चित गायिका अन्जु पन्तको ‘लगनगाँठो’, गायिका रीमा गुरुङको ‘पछ्यौरीको छेउ’ त्यसैगरी गायक प्रमोद खरेल, मेलिना राई लगायतका बिभिन्न स्थापित गायक गायिकाहरुको स्वरमा रहेका गितहरुमा अभिनय गरीसकेकी छिन् । “मोडलिङमा रहर मात्र भन्दा पनि भबिष्यमा यसै क्षेत्रमा स्थापित भएर केहि गर्न चाहान्छु, त्यसैले संघर्षरत नै छु”, एलिशाले आर्टिस्टखबर सँग भनिन् ।
एलिशाले नेपालबाट रेकर्डिङ भएका गितहरु प्रवासमै छायांकन गरेर म्युजीक भिडियोको काम सम्पुर्ण प्रवासमै गर्ने गरेको बताईन् । पछिल्लो समय एक म्युजीक भिडियोका स्क्रिप्ट तयार पार्दै गरेको र छिट्टै नै बजारमा आउने हामीलाई बताईन् ।