हलमा ‘क्याप्टेन’ र ‘द ब्रेकअप’, कुन हेर्ने ?

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आजबाट ठुला ब्यानरबाट निर्माण भएका दुई नेपाली चलचित्र ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ प्रदर्शनमा आएका छन् । युवास्टार अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा अनमोल एक फुटबलरको भूमिकामा छन् भने नायक आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको ‘द ब्रेकअप’मा एक ‘लभ ब्वाय’को भूमिका रहेका छन् ।

भूवन केसी निर्माता रहको ‘क्याप्टेन’मा दीवाकर भट्टराईको लेखक तथा निर्देशन रहेको छ । चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी अनमोलको अपोजिटमा छन् । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यस्तै नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको ‘द ब्रेकअप’मा आशिरमानको साथमा शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ । हेमराज बिसी निर्देशीत यो चलचत्रि चलचित्र रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।