पुरुषोत्तमको ‘जब जब तिमी आयौं’ मा आकाश र वर्षा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक पुरुषोत्तम सुवेदीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘जब जब तिमी आयौं’ बोलको सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द छ भने पुरुषोत्तमकै संगीत रहेको छ । एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।</p><p style="text-align: justify; ">विधान कार्कीले निर्देशन गरेको यो गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ । पछिल्लो समय चलचित्रमा ब्यस्त नायक आकाश र नायिका वर्षाको जोडी पनि भिडियोमा गज्जब देखिएको छ । भिडियोमा आएका अधिकांश प्रतिक्रियालाई हेर्ने हो भने सुहाएको जोडी भन्ने प्रतिक्रिया धेरै देखिन्छ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/m1SwmfJ01Oc" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>