धुर्मुस सुन्तलीले सुरु गरे खुत्रुके महाअभियान

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि धुर्मुश सुन्तली फाउण्डेसनलाई प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ को उपस्थितीमा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् ।

रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ । सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा सहभागि उद्योगि, व्यवसायि, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागी लाखौं रुपैंया सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न सहयोगी मनहरुलाई अपिल गरे । ‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।’ देशमा आशाको दियो बाल्न अघि बढेको भन्दै उनले थपे ‘दियोमा तेल तपाइहरु मिलेर थपिदिनुस् ।’

एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाई मञ्जले पाँच÷पाँच हजार सहयोग गरेका छन् । सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएका धुर्मुस सुन्तलीलाई धन्यवाद दिदैं नेपाली सन्तती र नेपाललाई खेलकूदबाट अन्तराट्रिय स्तरमा पहिचान बनाउनेले दिनको एक सय रुपैंया बचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए ।

नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।