नीकिता चाण्डक ‘द कपिल शर्मा शो’को अतिथी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

भारतको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा पूर्व मिस नेपाल नीकिता चाण्डक अतिथीको रुपमा उपस्थित हुने भएकी छिन् । प्राय बलिउडका चर्चित कलाकारहरुले आफ्नो चलचित्रको प्रचारप्रसार गर्न उपयुक्त ठान्ने उक्त  ‘द कपिल शर्मा सो’को मन्चमा आजसम्म कोही नेपाली कलाकार उपस्थित भएका थिएनन् । चलचित्र ‘साङ्लो’ मा अभिनेता विराज भट्ट सँग जोडी बााँध्न लागेकी नीकिताले नेपाली कलाकारहरु मध्ये पहिलो पटक उक्त शोमा पाहुनाको रुपमा उपस्थित हुने मौका पाएकी छिन्। उनले  ‘द कपिल शर्मा सो’मार्फत आफ्नो चलचित्रको केही प्रचारप्रसार गर्ने मौका पाएकी छिन् ।

‘द कपिल शर्मा शो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव)सँगको एक तस्विर आफ्नो इन्स्टाग्राममा सार्वजनिक गर्दै नीकिताले आफूलाई शोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा आभारी भएको व्यक्त गर्दै धन्यवाद दिएकी छन् । तर उनले आफू शोमा कुन एपिसोड अर्थात कहिले उपस्थित हुने बारे खुलाएकी छैनन्।

उनको पोष्ट यस्तो रहेको छ:

सन् २०१७मा मिस नेपालको ताज पहिरेकी नीकिता चाण्डकले 'रानी महल' मार्फत चलचित्रमा डेब्यू गरेकी हुन् । तर,उक्त चलचित्र निर्माता र निर्देशकको बीचको बिवादमा फसेपछि पुरा निर्माण सकेन। बीचैमा चलचित्र रोकिएपछि अब नीकिता आफ्नो दास्रो चलचित्र ‘साङ्लो’ मार्फत पहिलो पटक पर्दामा देखिने भएकी छिन् ।