टेलिभिजन पर्सनालिटी कायली जेनर विश्वकै कान्छी डलर अर्बपति

एजेन्सी ।

सन् २०१३ को ‘च्वाइस टिभी रियालिटी स्टारः फिमेल’ अवार्ड जितेकी कायली जेनरले बुधबारदेखि विश्वभरि चर्चा पाइरहेकी छिन् । उनी मुलत: मोडल, टेलिभिजन पर्सनालिटी हुन्। तर पछिल्लो समय उनको चर्चा त्योभन्दा फरक कारणका लागि भइरहेको छ। उनी टेलिभिजन पर्सनालिटी मात्र नभएर व्यवसायी,उद्यमी पनि हुन् र उनी विश्वकै कान्छी डलर अर्बपति बन्न सफल भएकी छिन् । विश्वका धनीहरूको सूची सार्वजनिक गर्ने अमेरिकी म्यागेजिन फोर्ब्सले यो वर्ष २ हजार १५३ जना अर्बपतिहरूको सूची प्रकाशित गरेको छ। सन् २०१९ मा कम उमेरमै डलर अर्बपति बन्नेको संख्या ७१ छ। त्यसमा पनि आधाभन्दा बढी अर्बपति ४० वर्ष मुनिका छन्। हो, यही ४० वर्षमुनिका अर्बपति मध्येकी कान्छी अर्बपति हुन् कायली जेनर, जो अहिले मात्र २१ वर्षकी छिन्।

अर्को महत्वपूर्ण कुरा त यी सुन्दरी पुर्ख्यौली सम्पत्ति पाएर फोर्ब्स अर्बपति सूचीमा परेकी हैनन्। आफ्नैँ व्यवसायले उनलाई यो उचाइ दिलाएको हो। उनी सँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उमेरमा कान्छा अर्बपति भएका थिए ।

जेनरको सम्पत्तिमा भएको पछिल्लो वृद्धि काइली कस्मेटीक्सबाट भएको हो । यो उनको श्रृगारिक कम्पनी हो । यो कम्पनीको मूल्य फोब्र्सका अनुसार ९० करोड डलरको रहेको छ । यो कम्पनी २०२२ मा १ अर्ब डलरको हुने अनुमान फोब्र्सको छ । यो कम्पनीले गत वर्ष उल्टासँग एक्सक्लुसिभ वितरणको हस्ताक्षर गरेको थियो । जेनरले यो कम्पनीसँग काम गर्ने योजना बनाएको बताएकी छिन् । काइली कम्मेटिक बाहेक जेनरले आफ्नो पेड एप काइली जेनर अफिसियल एपबाट पनि आफ्नो ब्युटी ब्रान्ड २०१५ को नोभेम्बर ३० मा सुरु गरेकी थिइन् । १८ महिनामा यो कम्पनीले ४२ करोड डलरको सामाग्री बिक्री गरेको थियो । उनको २०१६ होलिडे कलेक्सन सार्वजनिक भएपछि यसले झन्डै प्रतिदिन १ करोड ९० करोड ८० लाख फ्लोअर्स र ट्विटरमा २ करोड ६७ लाख फलोअर्स रहेका छन् ।