आलिया-रणवीरको बिबाहको मिति तोक्ने तरखरमा ऋषि कपुर

मुम्बई , एजेन्सी ।

गत बर्षदेखिनै प्रेम सम्बन्धका कारण चर्चामा रहदै आएका बलिउडमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अब छिट्टै बिबाह गर्ने तयारीमा छन् । उनीहरूले नै मिडियामा नै आफूहरु बिबाहको तयारीमा रहेको बताउँदै पनि आएका छन् । उनीहरुको प्रेमको विषयलाई लिएर भारतिय मिडियाले निकै मसालेदार न्यूजहरुहरु बनाइरहेका छन् ।

अलिया  भट्ट कपूर परिवारकासँग निकै रमाइलो गर्ने गर्छिन । उनी कपूर परिवारमा घुलमिल भइरकेकी छिन् । रणवीरकी आमा नितु कपूरलाई पनि आलिया निकै मनपरेको उनी बताउँछिन् । परिवारसँग रमाइलो गरेको तस्विर नितुले सामाजिक संजालमा पोस्ट गरिरहन्छिन् । हरेक नितुले पोस्ट गरेको तस्विरमा अलियालाई पनि देख्न सकिन्छ । त्यसैगरी रणवीरका पिता ऋषि कपुरले उनीहरुको बिबाह गरिदिन लागेको बताएका छन् । ऋषिले यो जोडी छिट्टै बिबाह बन्धनमा बाँधिएको हेर्ने रहर भएकाले बिबाह गरिदिन लागेको बताएका छन् । हाल ऋषि न्युयोर्क छन् उनले आफू न्युयोर्कबाट फर्किएपछि बिबाहको मिति तय गर्न पण्डितकोमा जाने बताएका छन् । अप्रिल महिनामा नै उनीहरु पण्डितकोमा जानेछन् । बिबाहको साइत निस्किएसँगै उनीहरु बैबाहिक सम्बन्धमा बाधिँनेछन् ।

यसै वर्ष आलिया र रणवीर अभिनित चलचित्र प्रर्दशनमा ‘ब्रम्हास्त्र’आउँनेछ। हाल उनीहरु ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् ।अयान मुखर्जीको निर्देशन रहेको चलचित्र ‘ब्रम्हास्त्र’ को सेट मै आलिया र रणवीर नजिकिएका थिए । उक्त चलचित्रबाट नै पहिलो पटक आलिया र रणवीर एकसाथ पर्दामा देखिने भएका छन् । यि दुईको प्रेम सम्बन्धले उनीहरुको फ्यानहरुका लागि चलचित्र ‘ब्रम्हास्त्र थप ’प्रतिलक्षित बनेको छ ।