निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार गराउँदै

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ । लामो समयपछि नेपाली चलचित्रमा फर्किएकी उनी चलचित्र ‘क्याप्टेन’को प्रचार-प्रसारका लागि केह‍ी समय अगाडि उनी नेपालगञ्ज गएकी थिइन् । त्यही समयमा उनलाई डेंगु भएको हुनसक्ने बताइएको छ ।

लामो समय रुघा खोकी लागिरहने र औषधीले पनि काम नगरेपछि उनी मुम्बई फर्किएकी थिइन् । मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताए। फाल्गुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र क्याप्टेनको एउटा गीतमा उनको अभिनय रहेको छ । चलचित्र छायांकनको समयमा पनि आफूलाई सञ्चो नभएको र निकै जाडो हुने गरेको उनले बताउने गरेकी थिइन् । अहिले उनी मुम्बईमा उपचार गराइरहेकी छिन् ।