कलाकर्मी र पत्रकारलाई सम्मान

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

राजधानीमा आयोजति एक समारोहबिच कलाकर्मी र पत्रकारलाई सम्मान गरिएको छ । साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आर्टस्ले राजधानीको मिनभवनस्थित एनके सिंह मेमोरियल एपिएस स्कुलमा एक समारोहको आयोजना गरी नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीसहित कलाकर्मीलाई सिम्पल सम्मान २०७५ बाट सम्मानित गरेको हो।

आर्टस्का अध्यक्ष पुष्कर जंगमको सभापतित्वमा सम्पन्न २१औं सिप्मल सम्मान अर्पण कार्यक्रममा प्रमुख अतिथी फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले पत्रकार गिरी, अभिनेत्री सुष्मा कार्की, साहित्यकार विधान आचार्य, चित्रकार अरुणा हिङमाङ र नव कलाकार कुबेर दाहाललाई आ-आफ्नो क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरिएको हो। संगीतकार बुलु मुकारुङ भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष तथा गायक सिताराम पोखरेलले स्वागत मन्तव्य व्यत्त गर्दै सिम्पल सम्मान सबैको साथ र समर्थनका कारण मानक सम्मान बन्दै गएको चर्चा गरे भने निवर्तमान अध्यक्ष शंकर भारतीले हरके वर्ष संस्थाको छनौट कमिटीले आन्तरिक मूल्यांकनका आधारमा विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्दै आएको बताए। त्यसै गरी महासचिव केशव सान्दाईले संस्थाको गतिविधिको बारेमा प्रकाश पारे भने सल्लाहकार तथा जनप्रतिनिधी सरोज ढकालले संस्थानको सम्मान अर्पणको निरन्तरताको बारेमा चर्चा गरे। त्यसै गरी संस्थाका अध्यक्ष जंगमले अगामी दिनमा सिम्पल आर्टस्का गतिविधी र कार्यक्रमलाई अझ बृहत बनाउदै जाने बताए। सम्मानित साहित्कार विधान आचार्यले सम्मानले जिम्मेवारी बढाएको बताए भने पत्रकार विदुर गिरीले पूरानो संस्थाबाट प्राप्त सम्मानले गर्वानुभुति भएको बताए। अन्य सम्मानित व्यत्तित्वहरुले पनि सम्मानले थप जिम्मेवारीबोध गरेको बताए। प्रमुख अतिथी फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले सिम्पल आर्टस्को व्यापकता बढ्दै गएको चर्चा गरे।