‘अदालत’ प्रति दर्शकको चासो

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

दिनेश लिङ्देन निर्देशित चलचित्र ‘अदालत’ प्रति दर्शकको चासो बढ्दै गएको छ । गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रले राजधानीका विशेषत सिंगल थिएटरमा दर्शकको साथ पाइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनले राजधानीको गोपीकृष्ण, कलंकी, ग्वार्कोको गुण र उपत्यका बाहिर इटहरीमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताए । ‘दर्शकले चलचित्रको विषयबस्तु निकै रुचाइ दिनुभएको छ । उहाँहरुको प्रतिक्रियाले हामी खुशी छौं’, लिङ्देनले भने । उनका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि चलचित्रले राम्रो दर्शक पाएको छ ।

चलचित्रले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाएको छ । चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।

कविता राई लिङ्देन निर्मात्रीको रुपमा रहेको चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ।चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् ।