‘क्रिकेट रङ्गशाला’लाई लमजुङ आमा समुहको ६ लाख ५५ हजार सहयोग

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई लमजुङ आमा समुह, यूकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैंया सहयोग गरेको छ । सोमबार फाउण्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङ् सहित अन्य पदाधिकारीहरुको उपस्थितीमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।

यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाईलो साँझ’ बाट संकलन भएको रकम आमा समुहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसंग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफुहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताईन् । ‘उहाँहरुको कामबाट हामी निकै प्रभावित छौं’ अध्यक्ष गुरुङले भनिन् ‘यूकेमा रहनुहुने सबै आमाहरुको सहयोगमा हामीले कार्यक्रम गरेर संकलन गरेको रकम उहाँहरुलाई दिन पाउँदा हामी निकै खुसी छौं ।’

सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ ले सबैलाई धन्यवाद दिईन् । ‘यो सहयोग मात्रै होईन्, नारी एकता, नारी शसक्तता पनि हो जस्तो लाग्छ’ घिमिरेले भनिन् ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुख पर्दा सहयोग गर्ने लमजुङ आमा समुहको कामले म आफैंपनि नारी भएको हिसावले निकै खुसी छु ।’

देशकै गौरवको गरियोजना आफुहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफुहरुलाई निकै ठुलो हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले भने ‘रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो । सबैजना अभियान्ता बनेर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।’