भद्रगोलका पाँडेको भूमिकामा पाण्डे समाजको आपत्ति, कसैको मन दुखाएका छैनौंः पाँडे

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाल पाण्डे समाजले लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाएको छ । मिडिया हव पा.ली.को प्रस्तुतीमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भद्रगोल’मा पाँडेले समाजमा नपच्ने खालका काम गर्ने गरेको देखाइदै आएको छ ।

पाण्डे समाजले भद्रगोलमा देखाइएका कपोलकल्पित दृश्यबाट मुलुकभरका पाण्डेहरुको मनमा चोट पुगेको भन्दै समाजले त्यस्ता दृश्य प्रदर्शन स्विकार्य नभएको बिज्ञप्ती मार्फत जनाएको छ । ‘भद्रगोलमा पाँडे पात्रलाई कहिलेकाँही अतिरायोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पु¥याएको महसुस गरिएको हुँदा र समाजमा दुखेसो प्राप्त भएकाले समाजको ध्यान केन्द्रित भएको छ ।’ समाजका महासचिव सागर पाण्डेयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कसैको मन दुखाएका छैनौंः अर्जुन

भद्रगोलका निर्देशक तथा कालकार पाँडे अर्थात अर्जुन घिमिरेले पाँडे पात्रबाट कसैको मन नदुखाएको बताएका छन् । उनले पाँडे एक पात्र मात्र भएकोले पाण्डे समुदायप्रति लक्षित नभएको बताएका छन् । ‘पाँडे पात्र बिगत सातबर्ष देखी बिभिन्न तरिकाले दर्शक माझ आइरहेको छ । हाम्रो मनशाय मनोरञ्जन दिने हो, कसैको मन दुखाउने होइन’ अर्जुनले आर्टिष्ट खबरसँग कुरागर्दै भने । ‘हिजोको दिनमा अन्य सिरियलमा पनि खड्का जी, हरिबहादुर, मदन बहादुर जस्ता र्चिर्चत पात्र थिए, आज पाँडे आयो, यसमा कुनै आपत्ति जनाउनुपर्ने छ जस्तो लाग्दैन’ अर्जुनले थपे ।

भद्रगोल अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन गर्दै आएका छन् ।