‘मिस इको इन्टरनेशनल २०१९’को प्रतिनिधित्वमा मुना गौचन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन् । प्रतियोगिताका लागि उनी बिहान ८ बजे इजिप्ट तिर उडेकी हुन् । ६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगिता लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई केही पहिले ‘मिस इको इन्टरनेशनल नेपाल २०१९’को ताज लगाउदै प्रतिनिधि चयन गरेको थियो ।

गौचन नेपालको पाँचौ सहभागी हुन् । यस अगाडी प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए । करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन मिस इको राम्रो प्लेटफर्म भएको गौचले बताइन् । ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर आफु प्रतियोगितामा सहभागी हुन लागेको हो’ उनले भनिन् । प्रतियोगिताको शिर्ष उपाधि नेपाल भित्र्याउने बिश्वासका साथ गौचनलाई आफुले इजिप्ट पठाएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् ।आवश्यक बिभिन्न प्रशिक्षण सहित गौचन त्यस तर्फ उडेकी हुन्’ श्रेष्ठले थपिन् ।