२२ वर्षपछि सँगै फर्किए सञ्जय र माधुरी (कलंक टिजर)

मुम्बई , एजेन्सी ।

निकै लामो समय अघिका बलिउड सिने क्षेत्रको हिट जोडी सञ्जय दत्त र माधुरी दिक्षित २२ वर्ष पछि फेरी एकसाथ पर्दामा देखिने भएका छन्। माधुरी र सञ्जयको जोडिलाई सँगै देख्ने चाहने उनीहरुका फ्यानहरु अहिलेपनि छन्। अब यो जाडीलाई फ्यानहरुले चलचित्र 'कलंक'मार्फत एकसाथ पर्दामा देख्न पाउने भएका छन् ।

धेरै ओटा हिट चलचित्रमा एक साथ काम गरेको जोडी हो सञ्जय दत्त–माधुरी दिक्षितको जोडि । दुवैको अफयरले बलिउडमा धेरै चर्चा पायो। तर दुई बिचमा सम्बन्ध बिग्रियो अनि रियल लाइफ र रिल लाइफ दुवैमा यो जोडि टुट्यो। यो जोडीको प्रेम सम्बन्ध टुटे पछि बलिउडमा यी दूई चलचित्रमा सँगै देखिन्छन् सँगै  तर सुटिङ गर्दैनन् भन्ने चर्चा थियो । तर माधुरी र सञ्जय दत्तले यो हल्लालाई गलत सावित गरेका छन्।

सन् १९९७ मा चलचित्र ‘महानता’मा काम गरेका थिए। दुवैले सन् १९८८ मा चलचित्र ‘खिलाडि, इलाका, साजन, खलनायक जस्तो हिट चलचित्रमा काम गरेका थिए। यो समयमा दुवैको अफयर धेरै चर्चामा थियो। यासीर अहमदले सञ्जय दत्तमाथि लेखेको पुस्तक ‘सञ्जय दत्त–द क्रेजि अनटोल्ड लभ स्टोरी अफ बलिउड ब्याड ब्वाई’ मा सञ्जय र माधुरीको अफयरलाई जोडिएको छ।

‘देवदास’ पश्चात माधुरीलाई ‘कलंक’मा दोस्रो पटक ‘सेक्स वर्कर’को भूमिकामा अनुमान गर्न सकिन्छ। निर्देशक अभिषेक बर्मनको निर्देशनमा तयार भएको ‘कलंक’को टिजर सार्वजनिक भइसकेको छ। टिजरमा उनीहरुले फ्यानलाई सप्राइज दिए। दुई मिनेट पाँच सेकेण्डको टिजरमा माधुरी र सञ्जय एउटै फ्रेममा देखिएका छन्। करण जोहरले निर्माण गरेको चलचित्रमा सञ्जय दत्त र माधुरी दिक्षित सँगै आदित्य रोय कपूर, सोनाक्क्षी सिन्हा, बरुण धवन र आलिया भट्टको प्रमुख भुमिका रहेको छ। चलचित्र १७ अप्रिलबाट विश्वभर प्रर्दशन हुने छ ।

Teaser: