‘एसइइ टप मोडल आइकन २०१९’आयोजना हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

एसइइ दिएर बसेका बिद्यार्थीहरु बिच ‘एसइइ टप मोडल आइकन २०१९’ आयोजना हुने भएको छ । ग्यालेक्सी मल्टिमिडियाले आयोजना गर्न लागेको यस प्रतियोगीता काठमाडौँ र दमौलीमा  हुने बताइएको छ । एसइइ दिएका बिद्यार्थीहरुको क्षमता बृद्धिसँगै प्लस टु अध्ययनको लागि सहयोग पु¥याउनु प्रतियोगीताको उद्धश्य रहेको आयोजकले जनाएको छ । काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गत र दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगीतामा सहभागी हुन चाहनेले आफ्नो मोबाइलको म्यासेस मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । प्रतियोगितामा विजेता हुनेले एक स्कुटर, नगद १ लाख, ब्यांकक टुर, प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति, बृज कोर्स, अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद १ लाख १० हजार, ब्यांकक टुर, प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।

सम्पूर्ण सहभागीले प्लस पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए ।