२६ बर्ष पुगिन् आलिया

मुम्बई , एजेन्सी ।

हाल अभिनेता रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहेर उच्च चर्चामा रहेकी अभिनेत्री आलिया भट मार्च १५ अर्थात आज आफ्नो २६ औँ जन्मदिन मनाइरहेकी छिन्। सन् १९९३ मा जन्मिएकी आलियाले सानै उमेरमा आफुलाई नयाँ पुस्ताकी सफल अभिनेत्रीको रुपमा चिनाउन सफल भएकी छिन् । उनले १७ बर्षको उमेरमा चलचित्र 'स्टुडेन्ट अफ द ईयरमार्फत' आफ्नो करियरको सुरुवात गरेकी थिइन् । २०१२ प्रर्दशनमा आएको उक्त चलचित्र बक्स अफिसमा हिट सावित भयो। उनले यस चलचित्रमा दुई अभिनेता वरुण धवन र सिद्धार्थ मल्होत्राले सँग स्क्रिन सेयर गरेकी थिइन् ।यस चलचित्रमार्फत नै वरुण र सिद्धार्थले पनि बलिउडमा डेब्यू गरेका हुन् ।

एक भारतीय रिपोर्टका अनुसार उनले स्टुडेन्ट अफ द इयरको अडिसन स्कूलकै ड्रेसमै दिएकी थिइन् । करिब पाँच सय युवतीलाई पछि पार्दै आलिया चलचित्रका लागी छानिएकी थिइन्। उनले चाइल्ड एक्टर (बाल कलाकार) का रुपमा पनि काम गरेकी थिइन् ।

प्रेमी रणवीर कपुर र आलिया भट्ट अब छिट्टै बिबाह गर्ने तयारीमा छन् । उनीहरूले नै मिडियामा नै आफूहरु बिबाहको तयारीमा रहेको बताउँदै पनि आएका छन् । उनीहरुको प्रेमको विषयलाई लिएर भारतिय मिडियाले निकै मसालेदार न्यूजहरुहरु बनाइरहेका छन् । रणवीका पिता ऋषिलाई यो जोडी छिट्टै बिबाह बन्धनमा बाँधिएको हेर्ने रहर भएकाले बिबाह गरिदिन लागेको बताएका छन् । अब छिटै बिबाहको मिति तय गर्न पण्डितकोमा जाने बताएका छन् । अप्रिल महिनामा नै उनीहरु पण्डितकोमा जानेछन् । बिबाहको साइत निस्किएसँगै उनीहरु बैबाहिक सम्बन्धमा बाधिँनेछन् ।