मिडिया तथा चलचित्रकर्मीप्रति बर्षाको गुनासो (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेत्री  बर्षा सिवाकोटीले आफूलाई मिडिया तथा अन्य केहि चलचित्रकर्मीले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । गएको शुक्रबारबाट प्रदर्शनमा आएको वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा केहि मिडियाहरुबाट आफूलाई साथ नमिलेको बताइन् ।

शनिबार दर्शकसँगै बसेर राजधानीको कुमारी हलमा चलचित्र हेरेकी  बर्षाले सञ्चारकर्मिहरुसँग कुरागर्दै केहि मिडियाहरु चर्चित सेलिब्रेटीहरुको पछि लागेको आरोप समेत लगाइन् । साथै उनले मिडियाले चलचित्रको बिषयमा भन्दा सेलिब्रेटीका अन्य बिषयलाई स्थान दिएको बताउँछिन् । ‘शुक्रबारबाट आएका चलचित्रहरुको बिषयमा समाचार आएनन् तर सेलिब्रेटीका ब्यक्तिगत कुराहरु एकपछि अर्को समाचार आइरहेका छन्’ वर्षाले भनिन् ।

बर्षाले धेरै कलाकारहरुको प्रतिनिधित्व गरेको आफूले बोलेको बताउँछिन्, ‘धेरै कलाकारहरुको बोली हो यो, मात्र भन्न नसक्नुभएको होला ।’ उनले धेरै दर्शकहरुबाट आफूलाई किन चुपलागेको बस्नु भएको प्रश्न आउने गरेको बताइन् । ‘मैले त्यस्तो केहि तडकभडक गर्ने गर्दिन, मिडियामा आइरहनेमा पर्दिन त्यसैले पनि धेरैले किन चुप लागेर बस्नुहुन्छ सधैं भन्ने प्रश्न आउँछ ।’  बर्षाले भनिन् ।

बर्षाले शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत गुनासो पोख्दै यस्तो लेखेकी थिइन् । ‘न म स्टारकिड, न म कसैको गर्लफ्रेण्ड, न म कुनै हिट ब्यानरको रेगुलर मेम्मर, न म कुनै युट्युव च्यानलको अफिसियल हिट एक्टर । बस कामको परिचर बनाउन निरन्तर एक्लो लागिराको बिचारा, सो कल्ड रिजर्भ आर्टिष्ट । अनि हलसम्म मेरा लागि किन जाने ? वेष्ट फर टाइम, फिल्मको त के कुरा गर्नु ? हिट एक्टर हिट मुभि ।’

video: