फ्राईडे रिलिजः हलमा कागजपत्र र प्रेमलीला

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज शुक्रबारबाट नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्  । ‘कागजपत्र’, ‘प्रेमलीला’ र ‘एलान’ चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् । कागजपत्र (डकुमेन्ट) मिलाएर अस्ट्रेलिया जान खोज्ने युवाहरुको कथा ‘कागजपत्र’मा हेर्न पाइनेछभने ‘प्रेमलीला’ प्रेमकथामा निर्माण भएको चलचित्र हो । यस्तै 'एलान' पारिवारीक कथामा बनेको चलचित्र हो ।

नायक नाजिर हुसैन र अभिनेत्री शिल्पा मास्के ‘कागजपत्र’का मुख्य कलाकार हुन् । उनीहरुका अलवा सरिता गिरी, लोकेन्द्र लेखक र भोलाराज सापकोटाको पनि अभिनय रहेका छ । चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको छ ।

यसअघि चलचित्र  ‘झुम्की’ निर्देशन गरेका अपिल बिष्टले  ‘कागजपत्र’ निर्देशन  गरेका हुन् । चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माताको रुपमा रहेका छन् भने सह–निर्माताको रुपमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ रहेका छन् । बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तै बिहीबार साँझ ‘कागजपत्र’को प्रिमियर पनि गरियो । केहि चलचित्रकर्मि तथा पत्रकारहरुका माझ प्रिमियर गरिएको यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्र हेरेका चलचित्रकर्मि र पत्रकारहरुले नेपाली समाजमा भइरहेको घटनालाई चलचित्रमा देखाइएको हुँदा चलचित्र मन परेको बताएका थिए । चलचित्र निर्माण युनिट भने चलचित्र दर्शकलाई मनपर्नेमा आशावादी देखिएको छ । यो चलचित्र दुईघण्टा अवधिको रहेको छ ।

यस्तै सँगै प्रदर्शनमा आएको अर्को दुईघण्टा अवधि रहेको चलचित्र ‘प्रेमलीला’मा बलिउडका कलाकारको पनि अभिनय देख्न सकिनेछ । दीपसिखा खड्काको लगानी तथा अभिनय रहेको यो चलचित्रमा बलिउडका मोडल अलि खानले डेब्यु गरेका छन् । दीपसिखा र अलिको रोमान्स चलचित्रमा देख्न पाइनेछ । निर्मात्री दीपसिखाका अनुसार अलिले चलचित्रमा हिन्दि भाषामै बोल्नेछन् ।

चलचित्रमा खानले हिन्दी मै बोल्ने बताइन् । चलचित्रको कथा अनुसार खान भारतबाट नेपाल आउनेछन् र चलचित्रमा पुरा समय हिन्दिीमै बोल्नेछन् । जनक पाण्डेले निर्देशन गरेको यस चलचित्रमा नायिका दीपशिखाले कपाल मुण्डन गरेकी छिन् । कथा अनुसार उनले आफ्नो कपाल मुण्डन गरेको जानकारी पनि गराएकी थिइन् ।

चलचित्रमा पवन गौतमको छायांकन,  संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीतमा गायक राजेश पायल राई , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ भने चलचित्रमा नायिका दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ।  चलचित्रमा प्रलाद खरेल मुख्य सहायक निर्देशनमा रहेका छन् ।

यस्तै बाबु बलामीको निर्देशन रहेको चलचित्र चलचित्र ‘एलान’ पनि आजैबाट प्रदर्शनमा आएको छ । श्री बज्र क्रीएसन फिलिम्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा जय किशन बस्नेत, सिमा केसी धुर्ब कोईराला लगायत कलाकारहरुको अभिनय रहेको चलचित्र को कार्यकारी निर्माता मिना खड्का रहेकी छिन् ।

चलचित्रको सम्पादन समिर मियाको संगीत ओम प्रकाश राईको बिनोद सापकोटा छायाँकन कथा सिमा केसीको रहेको चलचित्र को निर्माता निर्देशक बाबु बलामी रहेका छन् । यो चलचित्रको बितरण तिरुपति पिक्चर्सले गरेको छ ।  यस्तै दुई बलिउड चलचित्र प्रदर्शनमा आएका छन् । बिहीबार देखिनै प्रदर्शनमा आएका ‘केसरी’ र ‘मर्दको दर्द नही होता’ले पनि नेपाली दर्शक कमाउने देखिएको छ ।  यस्तै गतबाट प्रदर्शनमा आएका अन्य बलिउड र नेपाली चलचित्रपनि प्रदर्शनरत छन् ।