नेपालकी बुहारी बन्लिन् श्रद्धा कपुर ?

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छिन् । भारतीय मिडियालाई बिश्वास गर्ने हो उनी चाँडैनै बिवाह बन्धनमा बाँधिने भएकी छिन् । गएको बर्ष २०१८ बलिउडका सेलिब्रटी दीपिका पादुकोण–रणबीर सिंह, सोनम कपुर–आनन्द अहूजा, प्रियंका चोपडा–निक जोनसका लागि बिवाहको मौसम बनेको थियो ।

खबरका अनुसार श्रद्धा सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा छिन् र उनी अर्को बर्ष बिवाह गर्ने तयारीमा छिन् । उनले गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी छिन् । ३४ वर्षे रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनले  इन्डिया जिक्यू, फिल्मफेयर, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् ।

रोहनको मूलघर काठमाडौं हो तर उनको जन्म भारतको मुम्बईमा भएको थियो । फोटोग्राफीमा रुचि राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए । राकेशले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । बुवाकै पेशालाई पछ्याउँदै रोहन पनि यही क्षेत्रमा स्थापित भए । बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।