श्रद्धाको बिहे खबरमा शक्तिको आक्रोश

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता शक्ति कपूरले आफ्नी छोरी अभिनेत्री श्रद्धा कपूरको बिहेको बिषयमा आएका कुरा हल्ला मात्र भएको बताएका छन् । श्रद्धाका प्रेमी रोहन श्रेष्ठसँग विवाह गर्ने कुनै पनि प्रकारको योजना नभएको बताएका छन् । उनले श्रद्धा र रोहनबीचको विवाहलाई लिएर सनसनीमात्र मच्चाइएको भन्दै उनको उक्त समाचारको खण्डन गरेका हुन् ।

मिडियाको रिपार्टका अनुसार शक्ति कपूरले एक भारतीय सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा उनले छोरीको विवाहको बारेमा भ्रम फैलाइएको बताएका थिए । उनले भने,‘यो समाचार एकदमै गलत हो । अझै ४/५ वर्ष श्रद्धाको विवाह गर्ने कुनै पनि प्रकारको योजना छैन । उनीसँग गर्नको लागि अझै थुप्रै काम छ । उनी करियरमा केन्द्रित छिन् । उनी अघिल्लो २ वर्षसम्मको लागि बुक भइसकेकी छिन् । त्यसैले यो सबै हल्ला मात्रै हो ।’ उनले रोहन श्रेष्ठका पिता आफ्नो नजिकको साथी भएको भन्दै पारिवारिक सम्बन्ध भएतापनि विवाह गर्ने योजना नबनिसकेको प्रस्ट पारे । केहि दिन अगाडि अभिनेत्री श्रद्धा कपूर र नेपाली युवक रोहन श्रेष्ठबीच विवाहको समाचार आएको थियो ।