बुटवलमा ‘कन्दरा’ गुञ्जन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

शनिबार साँझ करिब आठ बजे बुटवलस्थित बुटवल मण्डपको नेपालआइस प्रादेशिक संगीत यात्राको स्टेजमा ‘बिदेसीएर गइन उनि मलाइ छोडेर तर मैले नसम्झेर’ भन्दै गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्ड कन्दराका सहकर्मीहरु सँग देखापरे।करिब २२ बर्ष अघि बुटवलमा कन्सर्ट गर्न आएको सम्झदै गायक विवेकले ‘यतिको बर्षपछि फेरि आएको छु, बुटवलबासीको साथ पाउने आशामा छु’ भन्दै उनले लगालग ‘तिमी पारी त्यो गाउँमा’, ‘डाँडापारीको’, ‘चञ्चले कान्छीको जोवन’,‘भेडी गोठैमा’, ‘चंद्रकोट कि  नानी’, ‘कता हिडेकी कुन ठाउँमा’,‘हङकङको बजार डुली’,‘तगारोमा रुमाल’, ‘लेककी हे माया’ र ‘हङकङ पोखरा’ लगायत का आफ्ना चिरपरिचित गीतहरुसँगै गायक तथा संगीतकार  राम थापालाई समर्पित गर्दै उनको गीत ‘लेकाली हे चोयाको डोको’ गरी १४ वटा गीतहरु डेढ घण्टाको अवधिमा सकाए । बिशेषत लोक -पप तथा मेलोडी गीतहरु गाउने कन्दरा ब्याण्डका  प्रत्येक गीतहरुमा बुटवलका दर्शकहरु  उनीसँगै गाउदै रमाइरहेको देखिन्थ्यो ।

बुटवल उप महानगर पालिकाकी उपमेयर श्रीमती गोमा आचार्यले स्टेजको रिबन काटेर उद्घाटन गरेको नेपालआइस प्रादेशिक संगीत यात्राको सुरुवातमा बुटवलकै स्थानीय अमेध ब्याण्ड र नेपाल आइडलमा टप ५ मा पर्न सफल बुटवलकै प्रतिभा अमित बरालले आफ्नो प्रस्तुति दिएका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम स्थानीय बुटवल युवा परिवारको संयोजनमा भएको थियो । कार्यक्रमबाट उठेको रकमबाट राजमार्गमा वृक्षारोपण संगै पुराना खेलाडीहरुलाई सकेको आर्थिक सहयोग गर्ने बुटवल युवा परिवारका भक्त थापाले बताए  ।