प्रसंशा भन्दा प्रेरणा चाहान्छन् सुरेन्द्र

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा सय बढी भिडियोहरुमा अभिनय गरेका सुरेन्द्र कुमार दाहाल (एस.के.)ले आफूले प्रसंशा भन्दा प्रेरणा चाहाने बताउँछन् । काम गर्दै जाँदा कामको तारिफ आउने भएता पनि उनले प्रेरणालाई जहिले पनि अघिल्लो स्थानमा राख्ने बताउँछन् । ‘कामको प्रसंशा गर्नुहुन्छ उच्च सम्मान गर्छु तर काम गर्न प्रेरणा दिनेहरु सधैं चाहान्छु’ सुरेन्द्रले भने । एक व्यावसायिक मोडलको रुपमा स्थापित सुरेन्द्रले हालसम्म सयभन्दा बढी चलचित्रका गीत र  करिव तीनसय लोक तथा दोहोरी गीतका भिडियोमा सामूहिक नृत्य गरेका छन्  । यस्तै करिव १ सय ५० जति म्युजिक भिडियोमा मुख्य मोडलको रुपमा अभिनय गरिसकेका छन् । रन्जिता गुरुङको जोडी भएर पहिलोपटक उनले मुख्य भूमिका निभाएको भिडियो ‘जूनमा पनि दाग छ’ हिट भएपछि उनको म्युजिक भिडियोको यात्राले रातारात ‘यु टर्न’ लिएको थियो । अर्थात ‘गु्रप डान्सर’ बाट उनको माग मुख्य मोडलको रुपमा बढेको थियो । उनले मोडलिङ गरेका ‘जूनमा पनि दाग छ, बाचा कसम खा’को, पल पल झल्को, सिरु फुल्यो सेतै’लगायतका गीतका भिडियो हिट लिष्टमा छन् । जसको कदर स्वरूप विभिन्न समयमा आयोजित समारोहहरुमा उनले अवार्ड, सम्मान र पुरस्कार समेत प्राप्त गरेका छन् ।

म्युजिक भिडियोको क्षेत्रमा ख्याती कमाएका रन्जिता गुरुङ, सोनिया के सी., करिश्मा ढकाल, अन्जु निरौला, अन्जली अधिकारीलगायतका कलाकारसँग सहकार्य गरिसकेका प्रतिभाका धनी सुरेन्द्रले हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘रातो पिरो’, ‘गोलामाल’,लगयत आधा दर्जन भन्दा बढी सिरियलहरुमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । कलाकारका अतिरिक्त उनी एक व्यवसायी पनि हुन् । अतिरिक्त पेशा जे गरेपनि अनि जहाँ रहेपनि अभिनय, नृत्य र भिडियो मोडलिङलाई निरन्तरता दिईरहने उनी बताउँछन् ।