साँसद राईको गीति एल्बम

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रदेश १ का प्रदेश सांसद राजन राईले एकैसाथ दुईवटा गीति एल्बम सार्वजनिक गरेका छन् । ‘सीडीमा साझा मुटु नेपालीका’ अनि ‘अक्षर र आवाज’ नामक एल्बम बजारमा ल्याएका हुन । विराटनगरमा विहीबार प्रदेशसभाको बैठक बस्नु अघि राईका दुबै गीति एल्बम सांसदहरुलाई समेत वितण गरिएको थियो ।

अक्षर र आवाजमा चारवटा गीत समेटिएका छन् । जसमा अन्जु पन्तको स्वर रहेको छ । सबै गीतका रचनाकार सांसद राई हुन् । यो एल्बममा टिका भण्डारी, राजनराज सिवाकोटी, डाक्टर किराँत र शिखर सन्तोषको संगीत रहेको छ । सांसद राईको रचना रहेको अर्को एल्बम साझा मुटु नेपालीका मा आरसी रिमाल, भुषण खतिवडा, सुनिता लिम्बू र रितु चेम्जोङको स्वर रहेको छ । राईले गीत रचनाको विधामा आफू निकै पहिल्यैदेखि सक्रिय रहेको प्रतिक्रिया दिएका छन् ।