तौल घटाउँदै आमिर खान

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेता आमिर खानले नयाँ चलचित्रका लागी आफ्नो तौल घटाउन थालेका छन् । ‘लाल सिंह चड्ढा’ चलचित्रका लागि उनले २० केजी तौल घटाउने भएका हुन् । चलमचित्रमा युवा देखिनका लागि उनले सागसब्जी खान सुरु गरेका छन् । उनले अहिलेसम्म ३ केजी तौल घटाइसकेका छन् ।

‘युवाको भूमिका छ । त्यसको लागि २० केजी घटाउन जरुरी छ । डाक्टर निखिल धुरन्धरको सुझाव अनुसार मैले अहिलेसम्म ३ केजी घटाइसकें।’ आमिरले भनेका छन् । ‘लाल सिंह चड्ढा  हलिउड चलचित्र ‘फरेस्ट गम्प’को एडेप्टेसन हुने आमिरले बताएका छन् । चलचित्रका लागि अन्य कलाकार फाइनल भएका छैनन् । चलचित्र एद्वेत चन्दनले निर्देशन गर्नेछन् ।