रविन्द्रलाई अझैपनि अभिनय गर्ने रहर

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र 'हाइवे'मा साझा पार्टीका अध्यक्ष तथा पूर्वपत्रकार रविन्द्र मिश्रको पनि अभिनय रहेको बारे कम दर्शकलाई मात्र थाहा होला । मिश्रले पत्रकारिताराम सक्रिय रहँदै गर्दा यस चलचित्रमा काम गरेका थिए । उनको पहिलो यस चलचित्रमा उनी महत्त्वपूर्ण भूमिकामा थिए । दीपक रौनियारले निर्देशन गरेको चलचित्रमा मिश्रसँगै सौगात मल्ल, कर्मा शाक्य दयाहाङ राईलगायतका कलाकार मुख्य भूमिकामा रहेतापनि चलचित्रले राम्रो ब्यापार भने गर्न सकेन ।

आईतबार युवा ज्योतिष तथा साझा पार्टीका सदस्य हरिहर अधिकारी अभिनीत चलचित्र 'शुभ लभ' हेरेपछि उनले आफुले पनि चलचित्रमा काम गरेको अनुभवबारे केही संवाददातालाई बताएका थिए । पहिलो चलचित्र असफल भएपछि उनले हालसम्म दोस्रो चलचित्रमा काम गर्ने आँट गर्नसकेका थिएनन् । तर उनले आफूलाई अझैपनि चलचित्रमा अभिनय गर्ने रहर भएको बताएका छन् । उनले भने 'मेरो चलचित्रमा अभिनय गर्ने जुन प्रवल रहर छ,त्यो म  राजनीतिबाट रिटायर्ड भएपछि पक्का पुरा गर्नेछु ।'

उनले चलचित्र 'शुभ लभ' सँगै हरिहरको खुब पनि तारिफ गरे । उनले भने 'कथावस्तु फरक रहेको चलचित्र हेरुन्जेल रमाइलो लाग्यो । अझ मलाई हरिहरजीको काम पनि निकै राम्रो लाग्यो । अब त उहाँ ज्योतिषसँगै एक उत्कृष्ट कलाकार पनि हुुनुहुन्छ ।'

शुक्रबारबाट प्रर्दशनमा आएको यस चलचित्रमा हरिहर सँगै क्रिष्टिन पौडेल राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्कोटा लगायत पनि अभिनय रहेको छ । यस चलचित्रको वितरण जिम्मा लिएका वितरकले चलचित्रले सन्तोषजनक व्यापार गरिरहेको जानकारी दिएका छन् ।