युएई पुगे भुवनका बाबुछोरा

...

anmol kc -and-bhuwan-kcमंसिर ४, काठमाडौं । नायक भुवन केसी र अहिलेका स्टार नायक भुवनकै छोरा अनमोल केसी युएई पुगेका छन् । केहि महिना अघिबाट सुरु भएको ‘नेप्लिज आर्टिस्ट ग्रुप’को शाखाको परिचयात्मक कार्यक्रमका लागि उनीहरु युएई पुगेका हुन् ।

नायक आर्यन सिग्देलले उद्घाटन गरेर सुरु भएको ‘नेप्लिज आर्टिस्ट ग्रुप’ले आज यूएइमा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । त्यसै कार्यक्रममा उपस्थित हुन पुगेका भुवनका बाबुछोरा केहि दिनमा नेपाल फर्कने छन् । कार्यक्रममा केही सांगीतिक प्रस्तुती पनि हुने बताईएको छ ।

नेप्लिज आर्टिस्ट ग्रुपलले यस अघि नायिका रेखा थापालाई युएई लगेर तिज महोत्सव गरेको थियो ।