‘लभ स्टेशन’लाई दर्शकको साथ, कति कमायो?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको यो चलचित्रको ब्यापार बढीरहेको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीको भनाई छ ।

‘हाम्रो चलचित्रले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ । आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छ ।’ शाहीले भने । लभ स्टेशनको आईतबारको व्यापार पनि आक्रमक रहेको, गोपि, गुण, अष्ट जस्ता हलमा आईतबार पनि एकै शोमा दुई ओटा हल भरिएको उनले बताए ।

यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमाअर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । समिक्षकहरुबाट चलचित्रको रेटिङ कम भएतापनि हलमा दर्शकका कमि भएको छैन ।