अनमोलको ‘ए मेरो हजुर ३’ र ‘सलिनको यात्रा’मा कुन हेर्ने ?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज शुक्रबार अर्थात चैत्र २९ गतेबाट प्रतिलक्षित दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। युवास्टार अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ र स्टाइलिस्ट अभिनेताको रुपमा चिनिएका सलिनमान बनिया अभिनित ‘यात्राः अ म्युजीकल भ्लग’ एकसाथ देशभरका हलहरुमा प्रदर्शनमा आएका हुन् । नायक अनमोल पछिल्ला समयका सर्वाधिक रुचाइएको नायक हुन् भने सलिन पनि यसअघिको ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक हुन् ।झरना थापा निर्देशीत ‘ए मेरो हजुर ३’लाई यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यसअघि ‘ए मेरो हजुर २’ निर्देशन गरेकी झरना थापाले अहिले तेस्रो सिरिजमा आफ्नै छोरी सुहाना थापालाई चलचित्रमा डेब्यु गराएकी छिन् । चलचित्रमा अनमोलसँग सुहानाको जोडी बाँधिएको छ। चलचित्रको सार्वजनिक ट्रेलर र गीतहरुबाट सुहानाको कामको तारिफ गरिएको छ ।

बिहीबार साँझ राजधानीको कुमारी हलमा गरिएको प्रिमियरमा चलचित्रकर्मिबाट राम्रो प्रतिक्रिया पायो । साथै अनमोल र सुहानाको कामको सबैले तारिफ गरेका थिए । सुनिल कुमार थापाले निर्मार्ता रहेकोयो चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ । झरना थापा यो चलचित्रको निर्देशकसँगै निर्मात्री पनि हुन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् । यस्तै सँगै प्रदर्शनमा आएको ‘यात्रा :अ म्युजिकल भ्लग’को सार्वजनिक ट्रेलर तथा अन्य प्रचार सामाग्री दर्शकले मन पराएका छन् । सलिनमान बनिया, मलिका महत, रेअर राई लगायतको मुख्य भूमिका रहेको यो चलचित्र टिम दर्शकले मन पराउनेमा आशावादी देखिन्छ । चलचित्र टिमले धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि बिहीबार ५० हजार नगद सहयोग समेत गरेको छ । चलचित्रका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।सुशील पोखरेल यो चलचित्रको निर्माता हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । चलचित्रको बुकिङ खुल्ला गरेसँगै मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा ‘ए मेरो हजुर ३’लाई ११ सो दिएको छ । त्यस्तै ‘यात्रा’ले भने क्यूएफएक्समा ७ सो मात्र पाएको छ । त्यस्तै सँगै प्रदर्शनमा आएको हलिउड हरर चलचित्र ‘पेट सिमेट्री’लाई ५, ‘हेलबोई’लाई ६ र ‘डम्बो’लाई ४ सो दिएको छ। आज दुई नेपाली चलचित्र सहित तीन हलिउड चलचित्र पनि प्रदर्शनमा आएका छन् ।