अन्तरक्रिया: चलचित्र क्षेत्रमा बेथिति नै बेथिति

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

पछिल्लो समयको नेपाली चलचित्रक्षेत्रको स्थितीबारे आइतबार राजधानीको बसुन्धरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ बिषयक कार्यक्रममा उपस्थित वक्ताहरुले चलचित्र क्षेत्रमा बेथिति  नै बेथिति रहेको धारणा राखेका थिए । अधिकांश वक्ताले चलचित्र क्षेत्रमा रहेका चलचित्रकर्मि, संघसंस्था, तथा सञ्चारकर्मिहरुकै कारण बेथिती बढेको बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, लगायतको उपस्थिती थियो । चलचित्र पत्रकार संघका सचिव समिर बलामीले चलचित्र क्षेत्रका समस्याहरु बारे अवधारण पत्र प्रस्तुत गरेका थिए । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले कलाकारहरुले गएको बर्षमा तीन वटा चलचित्र भन्दा अन्य कुनै पनि चलचित्र नाफामा नगएको बताए । ‘झण्डै सयवटा चलचित्र निर्माण हुँदो गएको बर्ष जम्मा तीन वटा चलचित्र नाफामा छन्, यस्तो अवस्था के कारणले भयो भन्ने खोज्नु जरुरी छ । यहाँ कलाकार पारिश्रमिक बढाउँदै बस्छन्, घटाउनै चाहान्न्, यो कुराले पनि समस्या देखिएको छ । पारिश्रमिक बढाउने भन्दा पनि गुणस्तरमा ध्यान दिनु जरुरी भएको छ’ उदयले भने ।

यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र निर्माणमा हात हाल्ने निर्माताहरुमा भएको ज्ञानका कमिले पछिल्लो समय चलचित्र क्षेत्रमा समस्या आएको बताउँछन्  । उनले चलचित्रमा लगानी मात्र गर्ने तर चलचित्र बनिसकेपछि आम्दानीका हिस्सा केके हुन्छन् र करको बिषयमा के छ भन्ने बिषयमा अधिकांशलाई ज्ञान नभएको बताए । ‘आज कै कार्यक्रममा पनि चलचित्र निर्माताहरुको सहभागीता निकै कम छ, यहाँ सिक्न, बुझ्न चाहाने निर्माता नै छैनन, सरकारलाई कर कति तिर्नुपर्छ, आम्दानी कसरी हुन्छ, जस्ता बिषयमा पनि धेरै निर्मातालाई ज्ञान छैन ।’ अधिकारीले भने । यस्तै उनले चलचित्र रिलिज गर्ने कुरामा पनि ठुलो समस्या रहेको बताए । चलचित्र वितरण गर्ने वितरकहरुको इगो र रिसका कारण चलचित्र मारमा परेको बताएका छन्  । चलचित्रको इनकोडिङमा पनि धेरै समस्याहरु भएको उनको भनाई छ । ‘केडिएममा निकै समस्या भइरहेको छ । त्यसलाई समाधान गर्न भनेर मैले सामान ल्याएको छु । अझै पनि त्यसलाई काममा ल्याउन सकिएको छैन ।’ अधिकारीले थपे ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले कार्यक्रममा उठेका जिज्ञासाहरुको उत्तर दिएका थिए । उनले आउँदो साउन १ गतेसम्म राजधानी बाहिर पनि बक्स अफिस लागू गराउने जानकारी दिए । यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले पनि चलचित्र पत्रकारहरुले सहि सुचना सहि ठाउँबाट पाउनुपर्ने अधिकारी रहेको बताए । उनले सबैभन्दा पहिले राष्ट्रिय चलचित्र नीति पारित गर्नतर्फ ध्यान दिनुपर्ने पनि बताए ।

(यो समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)