पशुपतिलाई मानपदवीको खबर गरिएन !

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक पशुपति शर्मालाई गृह मन्त्रालयले २०७५ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुको सुचिमा राखेको थियो। स्याङ्जा जिल्लाका गायक शर्माको नाम सरकारले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) को ९ नम्बरमा राखेपनि गएको बैशाख १ गते प्रदान गरिएको यो सम्मान लिन पशुपति पुगेका थिएनन्।

यो बिषयमा पशुपतिले आफूलाई सम्मान कुन दिन प्रदान गरिदैछ भन्ने बिषयमा जानकारी नभएको बताएका छन् । गत असोज ३ गते सरकारले घोषणा गरेको उक्त मानपदवी आइतबार अर्थात नयाँ वर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् ।

‘नयाँ वर्षको दिनमाम कुश्माको कार्यक्रममा पुगेको थिएँ । पदक घोषणा गर्दा मेरो पनि नाम छ भनेर मैले कसैबाट सुनेको त थिएँ तर नयाँवर्षको दिन प्रदान गरिँदैछ भन्ने मलाई जानकारी थिएन’, गायक पशुपतिले भनेका छन् । यद्यपि पछिल्लो समय कार्यव्यस्तताले मोबाइल साइलेन्स मोडमा हुने हुँदा नउठेको हुन सक्ने उनको भनाइ छ। सरकारले विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्जवल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री प्रदान गरेको थियो।