‘लिटल थिएटर ग्यारेज’मा तीन नाटक मञ्चन

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

पाँचौ ‘लिटल थिएटर ग्यारेज’मा तीन नाटक मञ्चन भएका छन् । थिएटर मल–कीर्तिपुर रंगमञ्चद्वारा आयोजित कार्यशालमा अन्तर्गत निर्मित नाटकहरु ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ मञ्चन भएका हुन् । ग्यारेजमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेल प्रस्तुती पनि दिएका थिए ।

राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा पुनःस्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो । लिटल थिएटर ग्यारेज २०७५ को चैत २० बाट सुरु भएको थियो । १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए ।

५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरुहरु मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भए। जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वक्तृत्व लगायतका क्रियाकलापमा पनि थिए ।