आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली गीत संगीतलाई १० करोड भ्युज भनेको सानोतिनो कुरा होइन। आजभन्दा दुईबर्ष अघि सार्वजनिक प्रर्दशनमा आएको हिट चलचित्र ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतलाई समाजिक सञ्जाल युट्युबमा १० करोड बढी भ्युज प्राप्त भएको छ। आजको दिनसम्म कुनै नेपाली गीतलाई युट्युबमा १० करोड अर्थात १०० मिलियन पटक हेरिएको रेकर्ड छैन।

राजनराज सिवाकोटीको शब्द तथा संगीत रचनामा संगीतकार सिवाकोटी र मेलीना राईको स्वर समावेश छ । गीतले १० मिलियन भ्युज प्राप्त गरेसँग संगीतकार राजनराजले गीत हेरेका सम्पुर्ण दर्शकलाई फेसबुक स्टाटस लेख्दै धन्यवाद दिएका छन् । प्रायजसो उनले तयार पारेका गीतले युट्युबमा करोड भ्यूज बटुलेकै हुन्छन् ।

गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ र स्वस्तिमा खड्का फिचर्ड छन् । यही गीतका कारण अभिनेत्री स्वस्तिमा खड्काले निकै चर्चा बटुलेको प्राय निर्देशक हरुको आँखा पनि उनी माथी पर्ने गरेको पाइएको छ।

song:

१० बैशाख २०७६, मंगलवार ११:४९