‘लाल्टिनदेखि बाल्टिनसम्म’को राहत अभियानमा कलाकार

...

बैशाख, काठमाडौं । गत बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पले पुरै सिंगो नेपाल रोएको छ । बिनाशकारी महाभुकम्पले हजारौंको ज्यान लग्यो भने कैयौं नेपाली तथा बिदेशीहरु घाईते भएका छन् । यसैबिच भुकम्प पिडितहरुको लागि बिभिन्न देशहरु त्यसतै संघसंस्था तथा व्यक्तिगत तबरबाट राह बितरण भईरहेका छन् । यसैबिच नेपाली कलाकारहरु बिच राहत बितरणमा तिब्ररुपमा लागिरहेका छन् ।

kalakar

कला मार्फत आम दर्शकलाई मनोरञ्जन दिलाउँदै आएका कलाकारहरुको यतिखेर आँखामा आँशु छ । सधै खुसि देखिने कलाकारहरु यतिखेर निराश छन् । यस्तैक्रममा अखिल भारतीय तेरापंथ युवक परिषदसँगको समन्वयमा नेपाली सिनेमा तथा टेलिस्रियलका कलाकारहरुले ‘आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’, भन्ने नाराको साथमा भुकम्प पिडितहरुलाई राहत बितरण गरेका छन् । गएको बुधबार बागेश्वरीका भुकम्प पिडितहरुलाई राहत बाडेका कलाकारहरुको यो तिन दिन अभियान हो ।

kalakar 2

एक सय छब्बीस भुकम्प पिडित परिवारहरुलाई टेन्टमा बस्न चाहिने डाडु, पन्यु, पकाउने भाडाहरु, दाल, तेल, मैनबत्ती, ग्यासस्टोभ,ओछ्याउने म्याट्रेस, त्रिपाल लगायतका अन्य अत्यावश्यक सामग्री बितरण गरेका थिए ।

bhuwan kc and orthers artists

अभियानमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे माग्ने बुढा, निर्मल शर्मा गैडा, दिलिप रायमाझी, रमेश उप्रेती, झरना थापा, किरण केसी, सुरेन्द्र केसी, सुनिल कुमार थापा, अनुरागमान सिंह कुवँर लगायतको उपस्थिती रहेको थियो ।