‘विर विक्रम २’ ट्रेलरः वर्षाको प्रेमी पल कि नाजिर ?

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेम देखाइएको छ । जसमा चलचित्रका नायक पल शाह र नाजिर हुसैन नायिका वर्षा सिवाकोटीको प्रेममा परेको देखिन्छ । साथै उनीहरुसँगै कलाकार बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मि तथा अन्य चलचित्रकर्मिहरुले ट्रेलर राम्रो बनेको प्रतिक्रिया दिए । नायक नाजिरले चलचित्रमा आफूले निकै मिहिनत गरेको र दर्शकलाई पनि मन पर्नेमा आशावादी रहेको बताए । साथै वर्षाले पनि यस चलचित्र भन्दा अघि जस्तै दर्शकले यसपटक पनि साथ दिनेमा आशा राखिन् । कार्यक्रमको अन्तिममा पुगेका नायक पलले ट्रेलर सार्वजनिक सँगै मन पराउने र नपराउनेमा दर्शकको हातमा छाडिदिएको बताए ।

चलचित्रका निर्देशक मिलन चाम्सले वीर विक्रम २ बनाउँदाका क्षण सम्झिएका थिए । उनले चलचित्र राम्रो बनेको र राम्रो बन्नुमा चलचित्रको सम्पुर्ण टिमलाई जस दिए ।

चलचित्रमा मा पल, वर्षा, नाजिर र बुद्धिसँगै देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा नवराज उप्रेतीको छायांकन रहेको छ भने बनिष शाहले सम्पादन गरेका हुन् । चलचित्रको कथा लेखन प्रदिप भारदाजको रहेको छ ।

video:

तस्बिरः नविन चापागाईं /आर्टिष्ट खबर