भिडियो हेर्दै आँखाबाट आँसु झर्ने विरही कार्कीको ‘आमा’गित सार्वजनिक (भिडियो)

...

aama 2 song of birahi karkiमंसिर ८, काठमाडौं । नेपाली गितसंगितको बजारमा पछिल्लो समय धेरै गित बजारमा आएका छन् । छोटो समयमा आउने र पलायन हुने धेरै गित छन् । पहिला जस्तो एउटा गित बजारमा ल्याउने र बर्षौ चर्चामा रहने दिन अहिले छैनन् । अहिले त जतिसक्ने छिटो बजारमा गित ल्याउने अर्थात अपडेट भइरहने दिन आए भन्ने गर्दछन् कलाकारहरु । यसैक्रममा एक मनछुने गित बजारमा आएको छ । जुनगितले बजारमा लामै समय धेरैको मन जित्ने देखिन्छ । गायक विरही कार्कीको ‘आमा-२’ एल्बममा समावेश सुनखानी म्युजीकको प्रस्तुतीमा ‘एक्लै छु…’ बोलको गित सार्वजनिक गरीएको हो ।

 गितमा समावेश शब्द

बिरामी छु भन्दै बाबु फोन गरीथेउ पहिले,
न साँस भेटेँ न लास भेटेँ आमा तिम्रो मैले
एक्लै छु आमाको साथ छैन, नरोको दिन छैन रात छैन ।

आमा खुसी आमा देवी आमा नै हुन् धर्ति, 
कहिल्यै गाली नरीनौ भो सधैँ दियौ अर्ति 
एक्लै छु आमाको साथ छैन, नरोको दिन छैन रात छैन ।

दशै आउँदा तिहार आउँदा घरै आईज भन्थेउ, 
छुट्टी पाईन भन्दा आमा डाको छोडि रुन्थेउ, 
एक्लै छु आमाको साथ छैन, नरोको दिन छैन रात छैन ।’

केहि समय अघि अडियो गितमात्र सार्वजनिक भएको ‘आमा २’ को भिडियो सहितको गित सोमबारमात्र युट्युव मार्फत सार्वजनिक गरीएको हो । मेहनत गरेर बनाईएको भिडियोमा आमा छोराको मायालाई देखाइएको छ । बिरामी आमालाई छोराले भेट्न नपाएको र छिटो आउन खोज्दा बाटो बन्दले गर्दा आमाको सास देख्न नपाएको शब्द गितमा छ । भिडियो हेर्दा जोकोहिको पनि आँखा रसाउने बनाइएको गायक बिरहीले बताउँछन् । आफ्नो जीवनको बास्तविक कथा भएको पनि गायक बिरही कार्कीले आर्टिस्ट खबरलाई बताए । भिडियोमा राखिएको डाईलगहरुले अझ भावुक बनाएको देखिन्छ ।

भिडियो गायक बिरही कार्कीको एकल आवाज रहेको छ । लयशब्द पनि बिरहीकै रहेको छ । त्यस्तै भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् भने भिडियोमा अभिनय महेन्द्र गौतम, हिउँवाला गौतम, चन्द्रमनी तामांङ, बिशाल कार्की र हिमानी कार्कीले गरेका छन् । भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।

Download MP3 Song : Click Here