‘दाल भात तरकारी’आइटममा प्रियंकाको धमाकेदार डान्स (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

सुदन केसी निर्देशित चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक भएको छ। ‘एन्टिबायोटिक खाऊँला’ आइटम गीतमा अभिनेत्री प्रियंका कार्कीले दमदार कम्मर मर्काएकी छिन् । बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको शब्द रचनामा गायिका मिना निरौलाले स्वर भरेकी छिन् । गीतमा शम्भुजित बाँस्कोटाको संगीत समावेश छ। गतबर्षको सफल चलचित्र ‘शत्रु गते’कै टिमले निर्माण गरेको यस चलचित्रमा प्रियंका यही आइटम गीतमा मात्र छिन् । तर ‘शत्रु गते’मा उनको मुख्य भूमिका रहेको थियो ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको ‘भिजिट भिसामा’ र दाल भात तरकारी बोलको गीतलाई पनि दर्शकले निकै मन पराएका छन्। झन चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्र हेर्न आतुर बनाएको छ । ट्रेलरमा चलचित्रका कलाकारहरुलाई बिदेशको मोहले तानेको देख्न सकिन्छ।मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई  ट्रेलरमा फोकस गरिएको छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ। चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । कमेडि जनरामा निर्माण भएको चलचित्रमा निरुता सिंह ,हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको अभिनय रहेको छ ।

आउँदो बैशाख २० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्रमा दिर्घ गुरुङको छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ ।

song: